समाजलाई प्रगति तथा अग्रगमन तर्फ डो¥याउनका लागि पुरुष सरह महिला उत्थानमा पनि प्रयत्न गर्नु पर्छ भन्ने कुरा अकाट्य नै छ । लैंगिक विभेदका कारण विगतमा महिलालाई निर्माणको अधिकार नदिने, अवसरबाट बञ्चित गर्ने गरिएका कारण समाज उत्थानमा पनि यसले बाधा पु¥याएको कुरा सावितै छ । अवसर पाएमा महिला पनि पुरुष भन्दा कम हुँदैनन् भन्ने बुझ्दा बुझ्दै पनि अझै पूर्ण समानताको व्यवहार, नभई रहेको अवस्था छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गई नयाँ संविधानको समेत निर्माण भएपछि सबै प्रकारका विभेदलाई निषेध गर्ने काम त भएको छ । तर व्यवहारमा भने यसको पूर्ण कार्यान्वयन भई नसकेका कारण त्यसमा सुधारको आवश्यकता चाही अझै पनि छँदैछ । महिलालाई पुरुष सरह सक्षम तुल्याउनका लागि भनेर नै महिला सशक्तिकरणको कुरा उठ्ने गरेको हो । सशक्तिकरणका लागि शिक्षादीक्षाको व्यवस्था बालविवाह तथा दाइजो प्रथा जस्ता कुरितीको अन्त्य हुँदैपर्दछ ।
महिला सशक्तिकरण लक्षित कार्यक्रममा उचित बजेटको व्यवस्थापन र सक्षम महिलालाई अवसर दिने काम भएमा यसले घर परिवार, समाज तथा सिंगो राष्ट्रकै लागि सकारात्मक परिवर्तन ल्याउने निश्चितै छ । सदियौदेखि विभिन्न प्रकारका विभेदले जरो गाडेको र त्इस्ता विभेद मध्येको लैंगिक विभेद पनि प्रमुख समस्याका रुपमा रहँदै आएको थियो ।
परिवर्तित सन्दर्भमा कानूनी रुपमै त्यसलाई बर्जित गरेपनि विगत लामो समयदेखि चलेको पुरानो परम्परालाई निर्मूल गर्न व्यवहारिक रुपमा नसकिएको भएपनि यसतर्फ निरन्तर खवरदारीको आवश्यकता छ ।