• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित बेहराचापमा दलित तथा सुकुम्बासीका लागि सुरक्षित घर निर्माणमा युवाहरुले जनश्रमदान गरेका छन् ।
भूमिहीनहरुका लागि सुरक्षित आवास निर्माण उसै पनि महत्वपूर्ण कार्य हो । आर्थिक अभावका कारण सुरक्षित वासस्थलको समेत बन्दोवस्त मिलाउन नसकेकाहरुका लागि सुरक्षित आवास निर्माणमा ह्याविट्याट फर ह्युम्यानिटी नेपालले सहयोग गरेको छ भने महुली सामूदायिक विकास केन्द्र बकधुवाले कार्यक्रम आयोजना गरेपछि युवाहरुले सहयागको तत्परता देखाएका हुन् । संवैधानिक रुपमै बै जनताका लागि आवास व्यवस्थाको ग्यारेण्टी गरिएको भएपनि अहिलेसम्म त्यसको कार्यान्वयन भईसकेको छैन । सरकारले ल्याएको जनता आवास कार्यक्रमबाट पनि धेरै भूमिहीन दलितले अहिलेसम्म वञ्चित नै रहनु परेको अवस्था छ । जनता आवास कार्यक्रममा लक्षित व्यक्तिको छनौट गर्दा पनि दलगत समर्थनको आधार खोज्ने, भनसुन तथा प्रभाव र पहुँचका आधारमा काम हुने, कतिपय निमुखाहरुले वञ्चित रहनु परेको भन्ने जनगुनासो अहिले पनि छँदैछ ।
यस्तो विषय अवस्थामा सुरक्षित आवासका लागि जनश्रमदान गरिनुलाई प्रशंसनीय कार्य नै भन्नु पर्दछ । बढी संख्यामा दलित तथा भूमिहीनतहरुकोे बसोबास रहेको सप्तरीमा सुरक्षित आवासको अभाव पनि बढी नै रहनु स्वाभाविकै हो । त्यसैले त्यसरी दुःख भोगिरहेका जनताहरुका लागि सुरक्षित आवासको व्यवस्था प्रति सरकारले पनि प्राथमिकताका साथ काम गर्नुपर्दछ ।