• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुग्ध विकास संस्थाले भुक्तानी दिन बाँकी राखेको करोडौं रु को भुक्तानी पाउनुपर्ने लगायतका माग राखेर दूध उत्पादक किसानहरु यतिबेला आन्दोलनमा उत्रेका छन् । सरकार स्वामित्वको संस्थाले नै किसानको करोडौं रुपैयाँ भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलन चर्काउन थालेका छन् । एकातिर दूध उत्पादक किसानका आफै समस्या छन् । त्यसमाथि सरकारले ध्यान दिनुको साटो भुक्तानी दिनमा समेत विलम्ब गरिरहेको अवस्था छ । भन्नाकालागि कृषि उत्पादनमा जोड दिईने भनी साकारका जिम्मेवार व्यक्तिहरु नै बताउछन् । तर व्यवहारमा चाहिँ लिएको दूध वापतको करोडौं रुपियाँ भुक्तानी नदिने हो भने यसले पिडामाथी झनै पीडाथपेको अर्थ लाग्न सक्दछ । मुलुक यसैपनि दूध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर वन्न नसकेको अवस्था छ ।
मुलुक बाहिरबाट ठूलो परिणाममा यस्ता बस्तुहरुको आयात भइरहेको अवस्थाले पनि यसलाई प्रमाणित गरेको छ । सरकार कृषि तथा पशुपालनमा साँच्चिकै सुधार ल्याउन चाहन्छ भने किसानले गरेको उत्पादनको उचित मुल्य दिलाउने, उत्पादन विक्रीकालागि बजार व्यवस्थापन गर्ने लगायतका विषयमा चासो लिन जरुरी छ ।
दुधको उचित मुल्य किसानहरूलाई उपलब्ध गराउने तथा तिनको उत्पादन विक्रीको व्यवस्थाका लागि सरकारबाट सहयोग उपलब्ध हुनु सक्यो भने यसले उत्पादन बृध्दीकालागि किसानमा उत्साह बढाउने छ । तसर्थ दुग्ध उत्पादक किसानका उचित मागलाई शिघ्र पूरा गर्नेतर्फ सरकारले ध्यान पुर्‍याउनै पर्ने हुन्छ ।