• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आगामी फागुन १३ गते देखि चैत २ गतेसम्म सप्तरीमा दादुरा रुबेला विरुद्धको खोप लगाईने भएको छ । जिल्ला खाप समन्वय समिति तथा जिल्ला स्वास्थ्य इकाई कार्यालयले दिएको जानकारी अनुसार तीन चरणमा उक्त खोप अभयिान सञ्चालन गर्न लागिएको हो ।
वालमृत्युको प्रमुख कारण मध्येको एक प्रमुख कारणका रुपमा रहेको दादुरा नियन्त्रणका दृष्टिले यो खोप अभियानलाई महत्वपूर्ण रुपमा लिन आवश्यक छ । खोपको महत्व नबुझेर तथा जानकारी अभावका कारण निर्धारित उमेर समूहका व्यक्ति छुट्ने पनि गरेका छन् । भरसक कोही पनि नछुटुन भन्ने उद्देश्यका साथ धेरैलाई पायक पर्ने गरी खोप केन्द्र निर्धारण गरी अभियान सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्, जसलाई सकारात्मक मान्नु पर्ने हुन्छ । रोग लागि सकेपछि उपचारतिर लाग्नु भन्दा पनि रोगै लाग्न नपाओस् भन्ने धेयका साथ काम गर्नु बुद्धिमानी पनि हो । तसर्थ सरकारले सञ्चालन गर्न लागेको यस अभियानमा पनि बढी भन्दा बढी सहभागिता जनाउँदै यसको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउन जरुरी छ । स्वास्थ्यकर्मी, स्थानयि प्रशासन, जनप्रतिनिधि सञ्चार, शिक्षा क्षेत्रबाट भूमिका निर्वाह हुन सके कार्यक्रम पक्कै पनि सफल बन्ने छ । खोपका बारेमा यदाकदा नकारात्मक कुरा पनि गरेर अलमल्याउने खालका गतिविधि पनि नहोलान् भन्न सकिन्न ।
तसर्थ यस्ता हल्काको पछाडि नलागिकन अभियानमा सहभागी हुनु नै उत्तम कार्य हुनेछ । खोपलाई विश्व स्वास्थ्य संगठन, औषधी व्यवस्था विभाग समेतले उपयुक्त ठहर गरिसकेका कारण यस्ता अफवाहका पछाडि पर्नुको कुनै तुक रहन्न ।