• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक अवस्था कति कमजोर भएपनि अत्यावशयक खर्चका लागि कुनै पनि व्यक्ति ऋण काढ्न बाध्य हुन्छ । चर्को ब्याज कबुलेर ऋण लिँदा पनि भएको जेथाजमीन साहुकै नाउँमा पास गरेपछि मात्र ऋण पाईने परिपाटी धनी पक्षबाट बसालिएपछि अहिले धेरैको बिल्लीवाठ भईरहेको अवस्था छ ।
विल्लीवाठबाट ऋणीलाई जोगाउनका लागि ऋण तथा ब्याजको रकम तिरीसकेपछि तत्कालै साहु कहाँ धितो राखेको जेथा फिर्ता हुनुपर्ने प्रावधान रहन आवश्यक छ । खाएको भन्दा दोब्बर ऋण वापतको रकम तिरी सक्दा पनि धितो चाहीँ साहुकै कब्जामा रहने र निमुखा गरीब चाहीँ तलको तलै पर्ने भनेको चरम अन्याय नै हो । अहिले मिटरब्याज विरुद्धको कानून बनेर कार्यान्वयनमा पनि आईसकेको छ । तर प्रमाण मेटाउने नियतले घुमाई फिराई ऋणी कुनै न कुनै रुपले चर्को ब्याज व्होर्ननका लागि बाध्य भएकै छन् । धनीले बेईमानी नियत राखेर गरीब ऋणीको बिल्लीवाठ गर्ने अवस्था नरहोस तथा ऋण लिनेले पनि झुठो आरोपमा धनीलाई फसाउन नपाहोस भन्नकालागि स्पष्ट व्यवस्थाको आवश्यकता छ ।
बैंकबाट सहुलियतमा ऋण लिनका लागि झन्झटिलो व्यवस्था रहेका कारण समस्यामा परेका व्यक्तिले छिटो छरितो रुपमा ऋण पाईने भएका कारण उनीहरु कहाँ नै धाउने गरेको पाईन्छ । तर तिनै गरीबको जेथा पूँजी नै डुवाउने नियत राखिन्छ यदि भने त्यस्तामाथि कारवाही चलाउनै पर्ने हुन्छ । होईन भने मिटर ब्याजीको ताण्डव अझै नबढ्ला भन्न सकिन्न ।