• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । विद्याकी अधिष्ठात्री देवी देवी सरस्वतीको पूजा र बन्दना गर्ने दिन । वसन्त ऋतु आगमनको प्रतीकका रुपमा पनि यस दिनलाई लिने गरिन्छ ।
मूलतः विद्यादायनी देवी सरस्वतीको उपासना गर्ने यस पावन पर्वमा विद्यार्थी, शिषक, संगितज्ञ, कलाकार लगायतलाई विशेष हर्षोल्लास मिल्दछ । आफ्नो कर्मक्षेत्रमा सफलता मिलोस् भन्ने मनोकांक्षाका साथ पवित्र भावले माता सरस्वतीको पूजा अर्चना गर्ने परम्परा नै रहि आएको छ । अक्षरारम्य गर्नका लागि आजको दिन अति नै शुभ मानिएका कारण सरस्वती पूजाकै अवसर पारेर वालवालिकालाई विद्यालयमा लगेर नामाड्ढन गर्ने प्रचलन छ । यसका साथै अन्य नयाँ सीप सिक्नेहरुले पनि त्यसको शुभारम्भ सरस्वती पूजाकै दिन पारेर गर्ने गरिन्छ । विद्या, संगीत र कलाकी प्रतिपूर्ति देवी सरस्वतीको बन्दनाले आफ्नो कार्यक्षेत्रमा ऊर्जा र उत्साह प्राप्ती हुने जनविश्वास छ । माता सरस्वती यस दृष्टिकोणबाट आस्थाकी देवी नै मानिएकी छिन् । वसन्त ऋतु आगमनको सूचक तथा सन्निकट होली आगमनको संकेतका रुपमा रहेको वसन्त पञ्चमी एक प्रकारको उल्लासको सम्वाहक नै हो । ब्रह्माले गरेको श्रृष्टी पश्चात पनि शब्दको उत्पत्ति नरहेको अवस्थामा ब्रह्माले नारायण भगवानलाई यस कुराको जानकारी दिएपछि नारायणले भने अनुसार आफ्नो कमण्डलबाट जल लिएर पृथ्वीमा छर्के पछि शब्दको उत्पत्तिका साथै माता सरस्वती प्रकट भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
यसप्रकार माता सरस्वती वाक्यवादनीका रुपमा पनि पूजीत छिन् । सरस्वती पूजनोत्सवको यस पावन अवसरमा हाम्रो पनि सबैमा म·लमय शुभकामना !