• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानीय तहमा सरुवा भई आएका कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा उपस्थित हुँदा फूलमाला र अबिरखादाले स्वागत गर्न लर्को नै लाग्ने गरेको पनि देखिन्छ ।
मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य, कार्यालयका कर्मचारी सवैजसोेले पंक्तिवद्ध भएर गर्ने स्वागतलाई हेर्दा कुनै उत्सव नै भएको नै कतिपयलाई भान पर्न सक्छ । यस विपरित कतिपय स्थानीय तहमा आएका प्रमुख प्रशासकीय अकिृतलाई हाजिर सम्म हुन नदिएर फिर्ता पठाउने, हाजिर भए पनि गुटबन्दी गरेर काम गर्ने वातावरण विगार्ने र असहयोग गरी अन्तमा अन्यत्र नै सरुवा मिलाएर जानका लागि बाधय पारिने खेल पनि यिनै स्थानीय तहहरुमा हुने गरेका छन् । कार्यालयको हाकिमको हैसियतमा रहने प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गराउन र आफूले सचाएकालाई ल्याउन मन्त्रालयमै मेयर÷अध्यक्षहरुको लाईन लाग्ने गरेको दृष्टि पनि नदेखिने गरेको होईन । सरकारले खटाएका ठाउँमा गएर जिम्मेवारीपूर्वक काम गर्ने कुनै पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नै रहन्छ । तर अनेक षड्यन्त्र गरी उनलाई टिक्न नदिने खेल समेत चल्ने गरेका कारण स्थानीय तहमा महत्वपूर्ण कामकाज समेत प्रभावित हुन थालेका छन् ।
मुख्य रुपमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई टिक्नै नदिने कारणलाई हेर्नु पर्दा नियम कानूनको उल्लंघन गरी उनले काम गर्न नमान्नुलाई नै देखिन्छ । बेरितको भुक्तानी गर्न, आफूले भनेका व्यक्तिलाई लाभ गरी काम दिन प्रमुख प्रशासकीय अधिकृत तयार नभएमा उनलाई नरुचाउने क्रम सुरु हुने गरेका कैयौं उदाहरण छन् । स्थानीय तहमा देखिने गरेका यस प्रकारका अस्थिरता रोक्न समयमा नै ध्यान नदिने हो भने अवस्था अझै विग्रेर नजाला भन्न सकिन्न ।