न्यूज टुडे
राजविराज, २९ माघ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा १ स्थित भालुखोपमा सोमबार झुण्डिएको अवस्थामा एक युवतीको शव फेला परेको छ । स्थानीय अन्दाजी २१ बर्षिय निशा राई घरदेखि १ सय मिटर दक्षिणतर्फ रहेको खनिउको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।
सोमबार बिहान आफ्नै बारीको खनिउको रुखमा झुन्डिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा इलाका प्रहरी कार्यालय बेल्टारको टोली खटिएको प्रहरीले जनाएको छ ।
मृतक युवतीको शव परिक्षणका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भई रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।