• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीका विभिन्न निकायमा तालाबन्दीको क्रम लगातार जस्तो चल्न थालेको छ । समन्वय नगरी भवन शिलान्यसको कार्यक्रम आयोजना गरेको भन्दै जनमत पार्टीले राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा तालाबन्दी ग¥यो ।
दुई सातासम्मको तालाबन्दीले विद्यार्थीको पठनपाठन प्रभावित हुनाका साथै विश्वविद्यालयका अन्य महत्वपूर्ण काम समते रोकिन थालेपछि चार दिन अघिको सर्वदलीय सर्वपक्षीय सहमति पश्चात ताला खोलिएको छ । त्यसको लगत्तै आईतवार अग्निसाईर कृष्णसवरण गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । मालपोत कार्यालयले रोक्का राखेको बजारको जग्गा गाउँपालिकाले फुकुवाका लागि पत्राचार गरेको विरोधमा इहटर्वा बजारवासी आन्दोलित भई तालाबन्दी गरिएको हो । विगत ३४ वर्षदेखि हतियाका लागि उपभोगमा रहेको जग्गा भूमाफियाले कब्जा गरेपछि विवादित उक्त जग्गालाई मालपोत कार्यालय समेतले रोक्का गरेको थियो । तर अहिले गाउँपालिकाका अध्यक्ष नै जग्गा फुकुवाका लागि अग्रसर भएको भन्दै गाउँलेहरुले कार्यालयमा तालाबन्दी सँगै धर्ना दिन थालेका छन् । यसरी विकास निर्माण लगायत स्थानीय सरकारकै भूमिकामा रहेको स्थानीय तहमा तालाबन्दीले जनताका अत्यावश्यक काम समेत प्रभावित हुने भएकाले यस्तो अवस्था आउनु पक्कै पनि दुःखद् हो ।
केही दिन अघि आन्दोलित शिक्षकहरुले कञ्चनरुप नगरपालिकामा पनि केही समय तालाबन्दी गरेका थिए । विवादित कामले विवादै बढाउने र त्यसले यस्ता अनेपक्षित घटना जन्माउने भएका कारण त्यस्तो अवस्था नै आउन नपाओस् भन्ने हिसावले काम गर्नु पर्ने आवश्यकता छ ।