• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

शिक्षा मन्त्रालयले शुक्रबार राजविराजमा आयोजना गरेको एक कार्यक्रमका सहभागी वक्ताहरुले शिक्षा क्षेत्रमा सुधारका लागि तीन तहकै सरकारका बीच समन्वय आवश्यक रहेको बताएका छन् ।
शिक्षा क्षेत्रमा नीति तथा बजेट र कार्यक्रम सरोकारवालाहरुसितको अन्तरक्रियाका क्रममा उनीहरुले यस्तो जोड दिए । आवश्यकता समन्वयको रहे पनि यी तीन वटै सरकार बीच आ–आफ्नो अधिकार र क्षेत्र स्पष्ट नरहेका कारण काम गर्न अन्यौलता देखिन्छ । तीन वटै तहका सरकारले गर्नुपर्ने काम, कर्तव्य र अधिकार बारे नीतिगत व्यवस्था हुँदा मात्र स्पष्ट रुपमा आ–आफ्नो अधिकार क्षेत्र टेकेर काम गर्नमा सहजता आउन सक्नेछ । यसका साथसाथै समयमा बजेट पठाउने व्यवस्थाको पालना गर्नुपर्ने पनि पनि आवश्यकता छ । त्यसो नभए काम गर्नमा समस्या पर्ने निश्चित छ । स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहहरु माथि पनि शिक्षा क्षेत्रको गहन जिम्मेवारी छ । यसैगरी प्रदेश र संघमा शिक्षा मन्त्रालयकै व्यवस्था छ । यी तीन तहका सरकारले गर्ने कामको क्षेत्र निर्धारण गरी तततत क्षेत्रमा जिम्मेवारीका साथ काम गर्न लागि पर्न सके मात्र शैक्षिक स्तर उकास्नमा पनि सफलता मिल्नेछ ।
आपसी समन्वयका साथ काम गरेमा मात्र त्यसको सफलता पनि मिल्ने भएकोले एकले अर्कामाथि दोष लगाउनु भन्दा पनि शिक्षा क्षेत्रमा सुधारका लागि तीनै तहले आपसी सड्ढल्पका साथ काम गरे लक्ष्य प्राप्तीमा पनि सघाउ पुग्नेछ ।