• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिकाका पशुपालक किसान यतिबेला चिन्तामा डुवेका छन् ।
खोरमा पालेका बाख्रालाई अज्ञात रोगको महामारी नै लागेपछि उनीहरुको निद्रा हराएको हो । दर्जनौंको संख्यामा पालेका बाख्रा मरेका तथा बाँकीमा पनि रोगको लक्षण देखा परेका कारण उपचारको शिघ्र व्यवस्था भएन भने खोरै रित्तिने सम्भावना रहेको किसानहरुको कथन छ । गाउँपालिकामा पशु स्वास्थ्य सम्बन्धि काम गर्ने शाखा पनि छ । तर रोगको महाभारी फैलेर बाख्रा सखाप हुँदा पनि अहिलेसम्म रोगको पहिचान र आवश्यक उपचार सुरु हुन सकेको छैन । सप्तरीको उत्तरी भेगमा सिँचाईको अभाव छ । यही कारणले दक्षिणको तुलनामा यहाँ कृषि उत्पादन पनि कम हुने गरेको छ । जीविकोपार्जनका लागि स्थानीयले पशुपालन व्यवसाय सञ्चालन गरेका छन् । यही कारणले उत्तरी भेगमा दूधको उत्पादन बढी हुने गरेको हो । गाईभैसी जस्तो बाख्रापालन पनि यहाँ बढी हुने गरेको छ । तर समय समयमा फैलने रोगको तत्कालै उपचार नभएका कारण किसानले बारम्बार क्षति व्यहोर्नु परिरहेको छ । अहिले फैलिएको अभाज्ञ रोगको निदान र तत्कालै उपचारको व्यवस्था भएन भने बाख्रा पालक किसानले अझै ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउन सक्छ ।
तसर्थ सम्बन्धित निकायले यस समस्याप्रति समयमै चासो लिन जरुरी छ । वाख्रापाठामा रोग देखा परेपछि किसानले क्षमताले भ्याएसम्म उपचार पनि गरेकै हुन् । तर रोग नियन्त्रणमा नआएको र बाख्रा मर्ने क्रम जारी नै रहेका कारण सरकारी स्तरबाट नै यो समस्या प्रति ध्यान पु¥याउन आवश्यक भएको छ । रोग लागेका पशु चौपायाहरुको उपचारको व्यवस्था सरकारले मिलाउन सके किसानहरुमा पनि पशुपालन प्रति आकर्षण पैदा गर्न सकिनेछ ।