• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्वार्ता

रूपनगर क्याम्पसलाई शैक्षिक ‘हव’ बनाउने अभियानमा जुट्छु : साहित्यकार ढुङ्गेल

रूपनगर क्याम्पसलाई शैक्षिक ‘हव’ बनाउने अभियानमा जुट्छु : साहित्यकार ढुङ्गेल
उत्तम आचार्य, 
कञ्चनरूप, १० माघ । 
भक्तपुरको कटुञ्जेमा जन्मिएर ३० वर्ष यता अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका साहित्यकार शेखर ढुङ्गेल नेपालको बिग्रँदो शिक्षाको अवस्थाप्रति चिन्तित छन् ।
ऊनी अहिले नेपाल आएका छन् । जन्मथलो आएका बेला सप्तरीस्थित रूपनगर नन्दराज संग्रौला क्याम्पस आए । क्याम्पस‌को अवलोकन गर्ने क्रममा न्यूज टुडेसंग कुरा गर्दै ढुङ्गेलले देशको शिक्षाको स्तर खँस्कँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘शिक्षाप्रति सरकार र अन्य सरोकारवालहरू गम्भीर नभएका कारण स्कूलदेखि विश्वविद्यालय सम्म शिक्षाको अवस्था खस्किएको छ उनले भने, ‘यसैकारण अध्ययनका लागि लाखौँ युवा वर्षेनी विदेश पलायन भैराखेका छन् र यो क्रम दिनानुदिन वढ्दैछ ।”
समयमा नै सरकार, अविभावक, शैक्षिक संस्था लगायत समग्र समाज जिम्मेवार भएर गम्भीर रूपमा नजाग्ने हो भने नेपालको शिक्षाको स्तर अझ नाजुक हुने उनको तर्क छ । 
रूपनगर क्याम्पस अवलोकन गर्न किन रोज्नु भयो भन्ने प्रश्नमा उनले यस क्याम्पस‌का प्रमुख प्राध्यापक दीपक गजुरेल इमान्दार र शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्छ भन्ने भावना राखी रूपनगरलाई शैक्षिक ‘हव’ बनाउने अभियानमा लाग्नु भएको थाहा भएर उनको अभियानमा साथ दिन आफु यहाँ आएको हुँ, उनले भने । 
गरीबका छोराछोरीले निशुल्क उच्च शिक्षा समेत पाउनु पर्छ भन्ने सोच राख्नु हुने ढुङ्गेलले क्याम्पसले हालै शुरू गरेको छात्रवृत्ति कोषमा २० हजार रुपैया सहयोग समेत गरे । गाउँको यो क्याम्पसमा पढ्ने विद्यार्थीहरूलाई निशुल्क अध्ययन गर्न सक्ने परिस्थिति निर्माण गर्ने प्राध्यापक गजुरेलको महान लक्ष्यमा कुनै न कुनै ढङ्गले आफूले पनि होष्टेमा हैँसे गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
  
“अमेरिका फर्के पछि छात्रवृत्ति कोषमा रकम बृद्धि गर्न पहल गर्नेछु,  उनले भने, क्याम्पसको विकास र प्रगतिका लागि आफ्नो साथ र सहयोग सधैँ रहनेछ।” 
परिवर्तनका लागि विवेकशीलता लगायत एक दर्जन पुस्तकका लेखक ढुङ्गेल स-परिवार स्थायी रूपमा क्यालिफोर्निया बसे पनि वर्षमा एक-दुई पटक जन्मभूमि आउने गरेका छन् ।