• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भारतको अयोध्यामा आज नवनिर्मित राममन्दिरको प्राणप्रतिष्ठा गरिने भएको छ ।
मिथिला नरेश जनककी पुत्री माता जानकीसित भगवान रामको विवाह भएका कारण त्रेता युगदेखि नै नेपाल र भारतका वीचको सम्बन्ध स्थापित छ । मुलुक दुई भए पनि धार्मिक, सांस्कृतिक तथा भावनात्मक एकताका कारण अयोध्यामा आयोजना गरिने यस कार्यक्रमको उत्साह र चहलपहल नेपालमा पनि उत्तिकै छ । यही अवसरमा ठाउँठाउँमा विभिन्न धार्मिक कार्यक्रम गरिँदै छन् । यसै उपलक्षमा कतिपय स्थानीय तहमा आज विदा समेत दिईएको छ । प्राण प्रतिष्ठा गरिने दिन माछामासु तथा मदिरा बिक्रीबितरणमा रोक समेत लगाईएको छ । सम्पूर्ण सनातनी हिन्दूहरुकालागि यो दिन विशेष अवसरका रुपमा रहेका कारण घर तथा मठमन्दिरमा दीपावलीको कार्यक्रम समेत राखिएको छ । राम र सीता भारत तथा नेपालका वीच भावनात्मक एकताका कडी पनि रहेका कारण नेपालमा पनि भगवान रामका प्रति उत्तिकै श्रद्धा र समर्पण रहेको छ । आजदेखि राम मन्दिरमा भगवान राम विधिबत् विराजमान रहने भएका कारण यस दिनको खास महत्व रहेको छ र रहिरहने छ भन्ने हिन्दू धर्माबलम्वीहरुको मान्यता छ ।
मर्यादा पुरुष श्री रामको आदर्श,साधुजनको रक्षा तथा दुष्टजनको संहारका गाथा अनुकरणीय त छन् नै । यसका साथै दुर्जनको संहारका रुपमा अन्यायीको अन्त्य तथा सत्यको जीतका रुपमा साधुजनको रक्षालाई मान्ने गरिएको छ । समस्त सनातनीहरुका आस्था पुरुष तथा मर्यादा पुरुषोत्तम श्री रामको मूर्ति प्राण प्रतिष्ठाको यस पावन घडीमा सबै आस्थावानहरु प्रति हाम्रो पनि मंगल कामना ।