• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पूर्वमन्त्री एवम् सप्तरीबाट निर्वाचित संबिधानसभा सदस्य उमेशकुमार यादवको अगुवाईमा सप्तरी स्वाभिमान यात्राको आयोजना थालिएको छ ।
यसै क्रममा पहिलो दिन राजविराजमा शनिबार एक बृहत अन्तरक्रियाको आयोजना पनि गरियो । जिल्लाका सबै पक्षलाई समेटेर आयोजना गरिएको अन्तरक्रियाका सहभागीहरुले जिल्लाको स्वाभिमान बढाउनकालागि पहिला आत्मनिर्भर बन्न आवश्यक रहेको मात्र बताएनन् बरु दलगत वा अन्य घेराबाट मुक्त रही जिल्लाको समग्र विकासका सबालमा एकजुट र एकै आवाजका साथ अघि बढ्न आवश्यक रहेको सुझाव दिएका छन् । हो,जिल्लामा जव कुनै विकासीय कामको थालनी हुन्छ तब त्यसको जस लिनकालागि होडबाजी नै चल्ने गरेको छ । यही होडका कारण एक अर्काको खुट्टा तान्ने मात्र होईन सार्वजनिक रुपमै एक अर्काका बिरुध्द खनिने प्रबृत्तिका कारण यसको सबैभन्दा बढी नैराश्यता जनता समक्ष पुगिरहेको अवस्था छ । काम जसले गरेको भए पनि त्यसको लाभ समग्र जिल्लावासीले नै पाउने भएका कारण गरेको काम प्रति प्रेरणा दिने,समर्थन जनाउने परिपाटी स्थापित हुन सक्यो भने काम गर्न चाहनेलाई पनि ऊर्जा मिल्ने हुन्छ । होईन,बिरोधकैलागि बिरोध गरिरहने हो भने यसले नकारात्मक सन्देशको सञ्चार त हुन्छ नै यसका साथै केही गरौं भन्ने सोचका साथ अघि बढ्नेको पनि उत्साह मरेर जाने भएका कारण गर्न चाहनेलाई उत्प्रेरित तथा होस्टेमा हैंसे गर्न सकियो भने मात्र यसले ल्याउने परिणाम पनि सुखद् हुनेछ । अहिले थालिएको स्वाभिमान यात्रालाई पनि सबै प्रकारका घेराबाट मुक्त रहेर सघाउन सकियो भने यसको परिणाम पनि सकारात्मक रहनेमा आशंका नरहला ।
जिल्लाको समग्र विकास तथा आत्मनिर्भरताको पवित्र उद्देश्यका साथ थालिएको काममा जसकालागि होड त्याग्दै एकाकार भएर लाग्न सकियो भने त्यसले सप्तरीको विकासका सबालमा एउटा संगठित आवाजको पनि निर्माण हुनेछ ।