• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु 

विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता सुरु 

 न्यूज टुडे 

कन्चनरुप, ६ माघ ।

सप्तरीको कंन्चनरुप नगरपालिका १२ स्थित स्वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि -२०  क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
कन्चनरुप रोयल क्लब कन्चनरुप नगरपालिका १२ रुपनगरद्वारा प्रतियोगिताको आयोजना गरेको हो ।
क्लवका अध्यक्ष अभिषेक गौतमको अध्यक्षतामा आयोजित प्रतियोगिताको कन्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले शनिबार आयोजित एक समारोहका विच उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख गुप्ताले राष्ट्रको लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भएकोले खेलकुदको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । खेलकुदको विकास भएमा युवाहरुको शारीरिक, बौद्धिक र शैक्षिक विकास राम्रो हुने भएको बताउदै उनले खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शनिबार सम्पन्न उद्घाटन खेल इन्टरनेशनल लक्की इङ्गिलिस स्कुल कंचनपुर र चिल्ड्रेन मोडल स्कुल कंचनपुर विच भएको थियो । उक्त खेलमा इन्टरनेशनल स्कुल ५ विकेटले विजयी भए । जितका लागि इन्टरनेशनल स्कुलका रोनक सिंहले २८ बलमा ४९ रन बनाएका थिए ।
सुरुमा व्याटिङमा उत्रिएको चिल्ड्रेन मोडल स्कुलले १३ ओभर तीन बलमा ८४ रन बनाएर अल आउट भए । चिल्ड्रेनका रुपेश यादवले १९ बलमा २१ रन र बद्री श्रेष्ठले १६ बलमा २१ रन बनाएका थिए भने अरु व्यड्सम्यानहरुले दोहोर अंक जोड सकेन ।
इन्टरनेशनलका रोनक सिंहले ३ ओभरमा १५ रन खर्चेर ५ विकेट र रविन सिंहले २ ओभरमा ४ रन खर्चेर २ विकेट लिएका थिए ।
यसैगरी चिल्ड्रेनका आशिष् भगतले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट र समसाद मन्सुरीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।