• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सशस्त्र प्रहरीद्वारा सवारी साधनसहित लाखौंको  काठ बरामद

सशस्त्र प्रहरीद्वारा सवारी साधनसहित लाखौंको  काठ बरामद
उत्तम आचार्य
कञ्चनरुप, २९ पुस ।
सप्तरीबाट सशस्त्र प्रहरीले सवारी साधनसहित लाखौंको अबैध सालको चिरान काठ बरामद गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदहको कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले शुक्रबार साँझ बोलेरो पिकअप गाडीबाट १२ लाख बराबरको सालको चिरान काठ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहको कोशी ब्यारेजमा रहेको चेकप्वाईन्ट टोलीले नियमित चेकजाँच गर्ने क्रममा उक्त काठ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ गईरहेको प्र २-०१-००१ च ०२६० नम्बरको बोलेरो पिकअप गाडीमा सालको चिरान काठ २६.६६ क्युफिट बिना बिलजकको १२ लाख बराबरको काठ तथा सवारी साधन नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सुचना अधिकृत सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।
उक्त बरामद सवारी साधन र काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय कंचनपुर सप्तरीमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरीक्षक विष्टले बताए ।