• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज ९ निवासी शम्भु यादव(लाली) को जिप घरको कप्पाउण्डबाटै चोरी भएको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका उनको घरकम्पाउण्डभित्र राखिएको स्कारपियो जिप नै चोरी भएपछि आश्चर्य व्यक्त गरिएको छ ।
चोरले घरका सरसामान,नगदलगायतका सामान चोरेर लैजाने गरेको त निकै सुनिएको हो । तर साँचो निकालेर कम्पाउण्डभित्रको गाडी नै चोरी हुन थाल्यो भने यसलाई आकार बढेको चोरीका रुपमा लिँदा अन्यथा नहोला । यही रबैया रहेमा आगामी दिनमा बस,ट्रक लगायतका ठूला गाडी पनि चोरी नहोलान् भनी कसरी किटान गर्न सकिएला ? चोरी नियन्त्रणमा प्रहरीकै भूमिका प्रमुख रहन्छ । शान्तिसुरक्षाका सबालमा राम्रो नतिजा निकाल्नकालागि चोरी नियन्त्रण पनि एक आवश्यक पक्ष हो । विशेषतः चोरीका घटनामा कमी ल्याउनकालागि प्रहरी गस्ती परिचालनको आवश्यकता पर्दछ । तर राजविराज नगर क्षेत्रमा अबेर राती प्रहरीले गस्ती गरेको कमै देख्न पाईन्छ । गस्तीमा कमी आउनु भनेको चोरलाई मौका दिएसरह भनियो भने अन्यथा नहोला । घरको कम्पाउण्डभित्रका गाडी समेत चोरिन थालेपछि जनताले सुरक्षाको प्रत्याभूति कसरी पाउने ? भन्ने सबाल उठ्न सक्छ ।
चोरी बढ्नु पनि सुरक्षामाथिकै चुनौति भएका कारण प्रहरी सक्रियता बढाउनु पर्ने आवश्यकता त छँदैछ । यसका साथै समूदायमा जनताको सहयोग लिने सबालमा पनि प्रहरीबाटै पहलकदमी लिएर जनता प्रहरी मिलेर भए पनि यस प्रकारको अपराधमाथि नियन्त्रणको आवश्यकता छ । जनताले सुरक्षाका सबालमा प्रहरीलाई सहयोग नगर्ने कुरै हुँदैन । यसकालागि आपसी समन्वय कसरी कायम गर्ने भन्नेमा ध्यान पु¥याउनु नै सान्दर्भिक हुनेछ ।