न्यूज टुडे
राजविराज, १ पुस ।
सप्तरीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ बनौलीका ४२ बर्षिय पर्शुराम यादवको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घर नजिकैको नदि किनारमा पुजा गर्नको लागि माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरी घाइते यादवको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा दिउँसो ३ : ४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शव अस्पतालमै रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।