• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्निपीडित साहलाई राहत वितरण
न्यूज टुडे
राजविराज, १ पुस ।
धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी इन्जिनियर सुर्यनारायण यादवले आइतबार एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेका छन् । आगलागीबाट सर्वस्व गुमाई बिच्चलीमा परेका बोदेबरसाईन नगरपालिका -७ मानराजाका अग्निपीडित बीरेन्द्र साहलाई  इन्जिनियर यादवले राहत वितरण गरेका हुन् ।
आगलागी परि नष्ट भएको साहको घर । फोटो : न्यूज टुडे
एउटा सानो सहयोग स्वरुप अग्नीपिडित साहलाई त्रिपाल तन्ना, लुगाफाटा र  भाडाकुडा लगायतका सामाग्रीहरू संस्थाको तर्फबाट प्रदान गरेको समाजसेवी इन्जिनियर यादवले जानकारी दिए।
राहत वितरण कार्यक्रममा स्थानीय पत्रकार लोकेन्द्र प्रसाद यादव, दीपेन्द्र कुमार यादव, मुन्ना यादव लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
गत मंसिर २८ गते विद्युत सर्ट भई आगलागी हुँदा साहको ४ वटा घर जलेर खरानी हुँदा अनुमानित ८लाख भन्दा बढीको क्षति भएको थियो ।