• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अमसोत सामुदायिकको १९औं बार्षिक साधारणसभा सम्पन्न

अमसोत सामुदायिकको १९औं बार्षिक साधारणसभा सम्पन्न

न्यूज टुडे
राजविराज, ३० मंसिर ।
अमसोत सामुदायिक कृषि सहकारी संस्था लिमिटेड अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हाको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुमित्रा देवी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष चौधरीले सहकारी संस्थाहरुले आर्थिक रुपान्तरणमा ठूलो टेवा पु¥याएको बताए । सहकारी संस्थाहरुको विकासमा गाउँपालिका सधै तत्पर रहेको बताउँदै उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै गाउँघरमै रोजगारीको सिर्जना हुने कार्यक्रमलाई प्राथमिकता दिन सहकारी संस्थाहरुलाई आग्रह गरे ।


कार्यक्रममा कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख सुकदेव राउत, अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, कृषि शाखा प्रमुख वसन्त यादव, सदाबाहर बचत तथा ऋृण सहकारी संस्था सितापुरका अध्यक्ष शैलेन्द्र कुमार झा, अमसोत सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष उपेन्द्र यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले किसानहरूलाई दिदै आएको सुविधा उदाहरणिय रहेको चर्चा गरे ।

साधारणसभामा सहभागी संस्थाका शेयर सदस्यहरु । फोटोः न्यूज टुडे

कार्यक्रममा अध्यक्ष सुमित्रा देवि चौधरीले अध्यक्षीय प्रतिबेदन, लेखा संयोजक कपिलदेव मण्डलले लेखा प्रतिबेदन तथा व्यवस्थापक रामी यादवद्वारा प्रस्तुत आव २०७९÷ ०८०को रु ५ करोड ७५ लाख ९० हजार ५० रुपैयाँको आयव्यय र २०८०÷०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।
संस्थाका लेखापाल अशोक कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत सचिब संतोषी कुमारी चौधरीले गरिन ।