• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मर्यादा पुरुष राम र माता सीताको विवाहोत्सवका रुपमा मनाई नै पर्व विवाह पञ्चमी आजै हो ।
भारत अयोध्याका राम र मिथिलाको राजधानीका रुपमा चिनिएको जनकपुरकी सीताको विवाह भएको सुखद अवसरको स्मरणस्वरुप विवाहपञ्चमी महोत्सवकै रुपमा मनाइँदै आएको छ । मर्यादा पुरुष राम र आदर्श नारी सीताको गाथासित जोडिएको विवाहपञ्चमी हिन्दु समूदायका लागि महत्वपूर्ण पर्वका रुपमा लिने गरिन्छ । विशेषगरी आजको दिन हाल मधेश प्रदेशको राजधानी समेत रहेको पावनभूमि जनकपुरधाममा विभिन्न ठाउँबाट दर्शनका लागि श्रद्धालु भक्तजनहरुको ओइरो नै लाग्ने गरेका कारण त्यस आसपासको क्षेत्र समेत उत्सवमय बन्न पुगेको छ ।
भारतरुरुरु अयोध्याबाट नेपालको जनकपुरमा विवाहका जन्ती नै आएर महोत्सवका रुपमा मनाईने यो पर्व यी दुई मुलुकका वासीको भावनाको कडिका रुपमा समेत परिचित भएको मान्न सकिन्छ । समान संस्कृति र परम्पराले आपसी भावनात्मक एकता प्रवद्र्धनमा पनि योगदान दिने भएका कारण विवाहपञ्चमी पर्व पनि त्यसको एक कडीकै रुपमा रहँदै आएको छ ।
यस पावन अवसरमा मर्यादा पुरुष राम र माता सीता जस्तो मर्यादा, त्याग र निस्वार्थ भावको विस्तार हुन सकोस्, यस पर्वले मानव मनमा दुर्गुण छन् यदि भने तिनलाई परित्याग गरी सत्मार्ग र सद्गुण आओस् भन्ने शुभेच्छाका साथै सबैमा म·लमय शुभकामना !