सप्तरीको रुपनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तारनी प्रसाद यादवलाई दिइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवको सरुवा भएपछि सोही कार्यालयमा कार्यरत स्वास्थ्य छैंठो तहका कर्मचारी यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको हो ।
रुपनी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत तारनी प्रसाद यादव । फोटो: न्यूज टुडे
सामान्य प्रशासन मन्त्रालयले यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेपछि शुक्रबार पदभार ग्रहण गरेको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवको जिल्लाकै राजगढ गाउँपालिकामा सरुवा भएको थियो ।