• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आजदेखि मङ्सिर महिना सकिँदै छ । अबको एक दिन पछि पुस लाग्नेछ । पुस महिना सर्वाधिक ठण्डी हुने रुपमा पनि चिनिने गरेको छ । अहिलेसम्म त मौसमले पनि साथ दिएका कारण जनजीवन उति साह्रो प्रभावित हुन पाएको छैन ।
मौसम विग्रयो वा राम्ररी घाम लागेन भने चिसो ह्वात्ते बढ्ने छ । फलस्वरुप जनजीवन एकाएक कष्टकर बन्ने निश्चितै छ । यस्तो प्रतिकूल अवस्थामा विपन्न समूदाय नै सबै भन्दा बढी प्रभावित हुनेछन् । विपन्नमा पनि वृद्धवृद्धा, सुत्केरी, बालबालिकालाई जोगाउन चुनौति नै खडा नहोला भन्न सकिन्न । यस्तो प्रतिकूल समयलाई कसरी सामना गर्ने भन्ने कुरालाई लक्षित गरेर पूर्व तयारीमा जुट्नु पर्ने समय यही नै हो । ठण्डीको प्रकोप बढेको अवस्थामा सम्पन्न वर्गले त जोगिने उपाय गर्लान । तर विपन्नले त चाहेर पनि ठण्डीको सामना गर्न सम्भव नहुने भएका कारण उनीहरुलाई नै लक्षित गरी पूर्व तयारीमा जुट्नु पर्ने समय आएको छ ।
न्यायो कपडा, ओठ्ने, विरामी परेकालाई आौषधोपचार तथा सुरक्षित रहने अन्य उपायको तयारीका लागि जनप्रतिनिधि, स्थानीय प्रशासन, गैर सरकारी संघसंस्था सबैको एकीकृत प्रयासबाट नै ठण्डीको प्रकोपबाट पीडितलाई जोगाउन सकिनेछ । विपन्न समूदायमा कम्बल तथा न्यानो कपडा वितरण गरेर, पीडितहरुको लगत तयार गरेर अन्य राहतका सामान वितरण तथा आगो ताप्नका लागि दाउराको प्रबन्ध गरेर यस प्रकोपको सामनाका लागि सामूहिक तत्परताको आवश्यकता छ ।
एक प्रकारको प्रकोपकै रुपमा मानिएको ठण्डीबाट पीडितलाई जोगाउन सकियो भने मानवीय दृष्टिकोणबाट पनि यो एक पवित्र कार्य मानिनेछ । समयमा ध्यान नपु¥याएमा ठण्डीकै कारण कसैको ज्यानै सम्म पनि जान सक्छ भन्ने कुरालाई पनि ध्यानमा राखिनु पर्दछ ।