• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

१५ औं यशाेदा स्मृति भलिवल प्रतियाेगिता

१५ औं यशाेदा स्मृति भलिवल प्रतियाेगिता
न्यूज टुडे
राजबिराज, २९ मंसिर ।
लिटिल फलावर माध्यामिक विद्यालय राजबिराज २ ले  १५ औं यशाेदा स्मृति भलिवल रनिंग शिल्ड तथा चेम्पियन सीप बार्षिक स्पाेर्ट मिट प्रतियाेगिता आयोजना गरेको छ  । विद्यालयका संस्थापक डा. कमानन्द देवको स्वर्गीय आमा यशोदा देवको १५औं स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको शुक्रबार आयोजित एक कार्यक्रमको विच सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब र समाजसेवी महेश ठाकुरले संयुक्तरूपमा भलिवल उचालेर सुभराम्भ गरे ।
कार्यक्रममा बिधालयका संस्थापक डा. कमानन्द देवले शैक्षिक स्तरलाई मजबुत बनाउन मानसिक, शारिरिक स्वास्थका लागि खेलकुद गतिबिधि अन्तर्गत भलिवल प्रतियाेगिता संचालन गर्दै आएकाे बताए।
डा. देवले स्व.आमा यशाेदा देवी देवकाे समझनामा प्रत्येक बर्ष रनिंग शिल्ड प्रतियाेगिता अन्तर्गत बिधालय भित्रकै बिधार्थीहरू बिच भलिवल सँगै एथलेटिक्स प्रतियाेगिताकाे गर्दै आएको जानकारी दिए ।
शिक्षाकाे महत्व खेलकुदले पनि बढाउने भएकाेले शैक्षिक स्तरलाई माथी उठाउन बार्षिक क्यालेन्डर अनुसार गतिबिधि गर्दै आएकाे बिधालयका अध्यक्ष सान्डली देवी देवले बताईन।
भलिवल प्रतियाेगितामा छात्र तर्फ एलाे प्रथम र बुलु दाेस्राे र छात्रा तर्फ एलाे प्रथम र ग्रिन दाेस्राे स्थान प्राप्त गरेका थिए।
दुबै समुहमा प्रथम स्थान प्राप्त गर्ने टिमलाई १ हजार ५ सय र दाेस्राे हुने टिमलाई १ हजार नगद सहित शिल्ड,कप र मेडल र प्रमाणपत्रवाट पुरस्कृत गरेका थिए।
कार्यक्रममा बिधालयका अभिभावक, बिधालयका शिक्षक/शिक्षिका तथा छात्रछात्राहरूकाे उपस्थिती रहेकाे थियाे।