• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हरवाचरवाको पहिचान स्थापित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने

हरवाचरवाको पहिचान स्थापित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री न्यौपाने
न्यूज टुडे
राजविराज, २९ मंसिर ।

मधेश प्रदेशका भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले हरवाचरवाहरुको पहिचान स्थापित गर्न मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका ४ मधुपट्टीमा शुक्रबार हरवाचरवा अधिकार मञ्च सप्तरीको चौथो जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अधिबेशमा सहभागी हरवाचरवाहरु । फोटो : न्यूज टुडे
अधिबेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री न्यौपानेले हरवाचरवाको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । हरवाचरवाको पहिचान र उत्थानका लागि प्रदेश सरकारले बजेट नीति तथा कार्यक्रम ल्याएको बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री न्यौपानेले छिटै कार्यबिधी बनाएर हरवाचरवाको लागत संकलन र प्रमाणीकरणको कार्य थाल्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले आफ्नै कार्यकालमा हरवाचरवाको पहिचान स्थापित गरि उनीहरुको आर्थिक रुपान्तरणको कार्य अगाडि बढाउने दाबी गरे ।
अधिबेशनको पुर्वसंध्यामा हरवाचरवाहरुले निकालेको र्‍याली । फोटो : न्यूज टुडे
हरवाचरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल रामको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य माला कुमारी कर्ण, राष्ट्रिय हरवाचरवा मञ्चका केन्द्रिय अध्यक्ष दशन मण्डल, महासचिव लागिन्द्रा सदा, सुरुङ्गा नगरपालिका १ का वडा अध्यक्ष राज कुमार राउत , दलित अभियन्ता महेन्द्र सदा, फ्रीडम फोरमका ब्रहमदेव राम, डाक्नेश्वरी नगरपालिका नगर संजालका मधु सदालगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
प्रेम विश्वकर्माद्वारा संचालित कार्यक्रममा स्वागत दलित जनचेतना संगमका अध्यक्ष रामलगन रामले गरे ।
अधिबेशनले आगामी ३ बर्षका लागि नेतृत्व चयन तथा भावी नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । यसअघि उनीहरुले झाँकीसहित कदमा बजार परिक्रमा गरेका थिए ।