• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कन्चनरुपमा नगर स्तरीय समाजवादी महिला संघ गठन 

कन्चनरुपमा नगर स्तरीय समाजवादी महिला संघ गठन 

न्यूज टुडे

राजविराज, २९ मंसिर ।
जनता समाजवादी पार्टी निकट जनबर्गिय संगठन समाजवादी महिला संघ कंचनरुप नगरपालिका स्तरीय समिति गठन गरिएको छ । समाजवादी महिला संघ सप्तरीद्वारा सप्तरीको कन्चनरुप नगरपालिका ८ बेरियरमा शुक्रबार आयोजित एक भेलाले सिया कुमारी चौधरीको अध्यक्षतामा १३ सदस्यीय नगर समिति गठन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा भुटी देवी सरदार, सचिबमा सुलेखा देवी यादव, सह सचिबमा नुनु चौधरी र कोषाध्यक्षमा परयागी देवी पासवान चयन भएकी छिन् ।
यसैगरी समितिको सदस्यहरुमा लिखनवती देवी राम, कविता चौधरी,रामवती सरदार, कमलवती देवी महतो, चन्नवती सरदार, अम्बिका राम, अनिता खातुन र जमिला खातुन छिन् ।
समाजवादी महिला संघ सप्तरीकी अध्यक्ष रमिलादेवी साहको अध्यक्षता तथा जसपा मधेश प्रदेश समिति सदस्य  एवम् कन्चनरुप नगरपालिकाका मेयरका प्रत्यासी भोला पासवानको प्रमुख आतिथ्यमा आयोजित भेलामा जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादव, नगर अध्यक्ष सुदम्बर यादव, उपाध्यक्ष कल्पना चौधरी, शोभा पासवान,  नगर सह सचिब बलराम साह, समाजवादी महिला संघ मधेश प्रदेश समिति सदस्य सावित्री पण्डितलगायतको उपस्थिति रहेको थियोे ।
यसैगरी समाजवादी महिला संघ सप्तरीकी उपाध्यक्ष मन्जु खड्का, सचिब नितु पण्डित, सहसचिब आशा कुमारी तामाङ, कोषाध्यक्ष उषा कुमारी देव, सदस्य आशा कुमारी साह, सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की अध्यक्ष सहनाज खानलगायतका कंचनरुप नगरपालिकाका १२ओटै वडाका महिलाहरुको उपस्थिति रहेको थियोे ।