मधेश कृषी विश्वविद्यालय राजविराजले बुधबार दोश्रो बार्षिकोत्सव मनाएको छ । विश्वविद्यालयका उपकुलपति डा. बैद्यनाथ महतोको अध्यक्षता तथा शिक्षा तथा संस्कृति मन्त्रालयका सचिब लक्ष्मी प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा एक समारोहका विच दोश्रो बार्षिकोत्सव मनाइएको हो ।
पानसमा कार्यक्रम बत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि सचिब भट्टराई । फोटो : न्यूज टुडे
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि सचिब भट्टराईले विश्वविद्यालयको विकासमा सरकार प्रतिबद्ध रहेको बताए । प्रमुख जिल्ला अधिकारी किरण थापाले विश्वविद्यालय मधेसको मात्र नभएर समग्र देशकै नमुना भएको भन्दै यसको विकासमा जोड दिए ।
दोश्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा बरख गण राजविराजका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरीका प्रहरी प्रमुख गजुसिद्वी बज्राचार्य, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, राष्ट्रिय अनुसन्धान आयोग कार्यालय सप्तरीका प्रमुख, उप- अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, सशस्त्र प्रहरी प्रमुख धन बहादुर सिंह लगायतकाले विश्वविद्यालयको प्रगतिको शुभकामना व्यक्त गरे ।
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि भट्टराई । फोटो : न्यूज टुडे
दोश्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुरले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्मको अबस्था आइपुग्दासम्मको समग्र अबस्थाको चित्रण गर्दै विश्वविद्यालयको भावी योजना तथा कार्यक्रमको विषयमा प्रकाश पार्दै सत्ताइस बुँदे प्रगति प्रतिबेदन प्रस्तुत गरे ।
आफ्नो कला प्रस्तुतका लागि थारु भेषभुषामा सजिएका विद्यार्थीहरु । फोटो : न्यूज टुडे
शिक्षक अभिभावक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीको उपस्थिति रहेको कार्यक्रममा विश्वविद्यालयका विद्यार्थीहरुले लोक संस्कृतिकको मौलिकता झल्काउने सामाचकेवा, मैथिली, थारु गित तथा नृत्य प्रस्तुत गर्नुको साथै कथा, कविता लगायतका मनोरञ्जनात्मक विभिन्न विधाहरुमा आफ्नो कला प्रदर्शन गरेका थिए ।
स्थापना दिवसको अवसरमा मैनवत्ती बालिदै । फोटो : न्यूज टुडे