• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नगरपालिकाले १७ लाखभन्दा बढीमा खरिद गरेको सामग्री प्रयोगविहिन

नगरपालिकाले १७ लाखभन्दा बढीमा खरिद गरेको सामग्री प्रयोगविहिन
न्यूज टुडे
राजविराज, २७ मंसिर ।
राजविराज नगरपालिकाले लाखौं खर्च गरेर खरिद गरेको फर्निचर तथा मेशिनरी औजार प्रयोगविहिन अवस्था रहेको खुलासा भएको छ । मापदण्ड विपरीत खरिद गरिएको  लाखौं रुपैयाँको फर्निचर तथा फिक्चर, साउण्ड सिस्टम तथा एयर कण्डिसन लगायतका सामानहरु प्रयोगविहिन अबस्थामा रहेको हो ।
नगरपालिकाले निर्माण कार्य सम्पन्न नै नभएका  एक सामुदायिक भवनका लागि १७ लाख ४८ हजार ८ सय ८२ रुपैयाँको सामान खरिद गरि प्रयोगविहिन अबस्थामा मौज्दातमा राखेको हुँदा मापदण्ड विपरीत औचित्यहिन खरिद गरेको भन्दै महालेखा परिक्षकले बेरुजु ठहर गरेको छ ।
सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ को बुँदा नम्बर १७ मा लागत लाभको विश्लेषण नगरी तथा पुराना फर्निचर तथा मेसिनरी औजारहरु लिलाम नगरेसम्म नयाँ फर्निचर तथा मेसिनरी औजार लगायतका सामान खरिद गर्न नहुने व्यवस्था छ,  तर कमिसनकै लागि पनि नगरपालिकाले निर्माण कार्य सम्पन्न नै नभएको सामुदायिक भवनको लागी रु १७ लाख ४८ हजार ८ सय ८२ को फर्निचर तथा फिक्चर, साउण्ड सिस्टम तथा एयर कण्डिसन लगायतका सामानहरु खरिद गरि प्रयोगविहिन अबस्थामामा मौज्दात राखेको हुँदा उल्लेखित मापदण्ड विपरीत भएको खरिद कारबाहीलाई नियमसम्वत मान्न नसकिने महालेखाको प्रतिबेदनमा उल्लेख छ ।