• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीका प्रमुख प्रशासकीय अधिकृत यादवको सरुवा 

रुपनीका प्रमुख प्रशासकीय अधिकृत यादवको सरुवा 
न्यूज टुडे
राजविराज, २५ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादवको सरुवा भएको छ । गाउँसभाको विवाद चर्किएको बेला उनको जिल्लाकै राजगढ गाउँपालिकामा सरुवा भएको हो ।
यादव सोमबार राजगढ गाउँपालिकामा हाजिर भएका छन् । गाउँसभाको विवाद उत्कर्षमा पुगेको बेला प्रमुख प्रशासकीय अधिकृत यादवको सरुवाले झनै जटिलता थपिएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।
आन्तरिक विवादले गाउँसभा हुन नसक्दा ५ महिनादेखि कर्मचारीहरु तलवभत्ताबाट बन्चित भएका छन् । गाउँसभा नभएको कारण आर्थिक कारोबार ठप्प हुँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु मर्कामा परेका छन् । प्रशासनिक खर्च उपलब्ध नहुँदा वडा कार्यालय तथा पालिका मातहतका सम्पुर्ण कार्यालयहरु प्रभावित हुन पुगेको कर्मचारीहरु बताउँछन् ।
खर्च अभावले कार्यालय बन्द हुने अबस्थामा पुगेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रमुख प्रशासकीय अधिकृतको सरुवाले गाउँसभाको विषयमा थप अन्योलता थपिएको स्थानीयले बताएका छन् ।
यादवको सरुवा भएपनि हालसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नआएको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।