• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजगढ गाउँपालिकाको अब आफ्नै कार्यालय भवन 

राजगढ गाउँपालिकाको अब आफ्नै कार्यालय भवन 
न्यूज टुडे
राजविराज, २४ मंसिर ।
भवन अभावको समस्या झेलिरहेका सप्तरीको राजगढ गाउँपालिकाले आफ्नै  भवनमा कार्यालय संचालनमा ल्याएको छ । ५ कराेड ५० लाखको लागतमा निर्माण गरिएको भवनको आइतबार आयोजित एक समारोहका विच गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले उदघाटन गरेका हुन् ।
गाउँपालिकाकाे वडा नम्बर ३ स्थित कुल ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ काेठाकाे दुई तल्ले नवनिर्मित भवनको अध्यक्ष यादवले पानसमा बत्ती बालेर र रिवन काटेर उद्घाटन गरेको गाउँपालिकाका इन्जिनियर  अजय यादवले जानकारी दिए ।
उक्त भवनको डिपिआर ४ तल्लेकाे भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाकाे मात्रै टेन्डर गरेकाे थियोे ।
भवन निर्माणकार्यकाे काम थालेको २ वर्ष ६ महिनामा पुरा गरेका तुलसी भक्त कन्ट्रकशनका प्रतिनिधि दिपेन्द्र यादवले गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललाई भवन हस्तान्तरण गरेको जानकारी दिए।
भवन उदघाटन समारोहमा गाउँपालिकाकी  उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीयबासीहरुको उपस्थिति थियो ।
उक्त भवनको लागि जग्गा भने पुर्व गाउँपालिका अध्यक्ष परमानन्द यादवले उपलब्ध गराएका थिए ।