• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आज डिसेम्बर १० तारिख । अर्थात अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । संसारभरि नै आजक दिन यो दिवस मनाउने गरिएको छ ।
यही दिन संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ मा मानव अधिकार सम्बन्धि घोषणा गरेको थियो । हरेक व्यक्तिको मानवताको रक्षाकालागि मानव अधिकारको आवश्यकता पर्दछ । सम्मानयुक्त तथा मानवोचित जीवन बाँच्नकालागि मानव अधिकारको आवश्यकता पर्दछ । प्रत्येक व्यक्ति मानव रहेका कारण उसको मानवोचित सम्मान हुन जरुरी छ । यही कुरालाई दृष्टिगत गरी मानव अधिकार दिवस मनाउन थालिएको मान्न सकिन्छ । मानव अधिकारसित नै जोडिएको नागरिक अधिकार पनि हो । नागरिक तथा राजनीतिक अधिकारले व्यक्तिको स्वतन्त्रतालाई उल्लंघनबाट जोगाउँछ । यसले गर्दा कुनै पनि भेदभाव या दमनबाट मुक्त रही राजनीतिक जीवनमा भाग लिनकालागि सुनिश्चितता रहन्छ । हामीकहाँ पनि यो दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदै आएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रका आधारमा सञ्चालन भईरहेको छ । विगतमा जनताले राजनीतिक अधिकार समेत पाउने अवस्था रहेका कारण त्यस्तो निरंकुश शासन व्यवस्थालाई फालेर अहिले ऐतिहासिक परिवर्तन आएको छ ।
तथापि अहिले पनि हामी कहाँ मानव अधिकार उल्लंघनका घटना हुन छाडेका छैनन् । गम्भीर प्रकारका अपराधमा पनि मिलापत्र गर्न दवाव दिने प्रचलन कतै कतै अहिले पनि कायमै रहेको छ । सबै जनताको समान हक अधिकार संबिधानबाट नै ग्यारेण्टी गरिए झैं त्यसको कार्यान्वयनका पक्षमा पनि पूर्ण रुपमा ध्यान दिन सकियो भने हामीकहाँ पनि मानव अधिकार उल्लंघन हुन पाउने छैन । यस्ता कुरामा सरोकारवालाको ध्यानाकर्षण हुन सक्यो भने मात्र मानव अधिकारको संबैधानिक ग्यारेण्टी सार्थक बन्नेछ ।