न्यूज टुडे
राजविराज, २३ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय २७ बर्षका उमेश प्रसाद चौधरीलाई ०.३५ एमजी ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कडोरवाना बाट खटिएको प्रहरी टोलिले सुरुङ्गा नगरपालिका ५ कुशाहा टोल सडकखण्डमा शंका लागि शरिर खानतलासी गर्दा चौधरीले लगाएको जिन्स पेन्टको गोजीबाट ०.३५ एमजी ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।