• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धान खेतमै थ्रेसर र व्यापारी पुगेपछि किसानहरु खुशी

धान खेतमै थ्रेसर र व्यापारी पुगेपछि किसानहरु खुशी
रामनाथ यादव
राजविराज , २२ मंसिर ।
तिलाठी काेइलाडी गाउँपालिका ६ मा  खेतमै थ्रेसरवाट धान दाउनी गर्न र  धान खरिदका लागी व्यपारी खेतमा पुगेपछि किसानहरु खुशी भएका छन् ।
खमार बनाउने र गोरू घुमाउने झन्झट न्यूनीकरण तथा खेतबाटै धान विक्री गर्न सजिलाे भएपछि किसानहरू खुशी भएका हुन् ।
सप्तरी  जिल्लामा गाेरुकाे अभावका कारण  र जनशक्तिको अभाव भएपनि  गोरुको सहायताले दाइँ गर्ने  परम्परा हट्दै गएकाे तथा जनशक्तिको अभाव भए पनि आधुनिक कृषि यन्त्रको प्रयोग गरेर धान झार्ने र स्याहार्ने गर्दै आएको किसन भाेला यादवले बताए ।  ठाउँकाे  अभावका  कारण भएपनि खेतमै  थ्रेसर पुगेगछि दाइँ गर्न सजिलाे भएको भन्दै उनले खुशी व्यक्त गरे ।
पछिल्लो केही वर्षदेखि धान झार्न तथा खेती गर्न हाते ट्याक्टर, ट्याक्टर र थ्रेसरलगायत आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
आधुनिक कृषि यन्त्रको प्रयोग गर्दा समय र खर्च दुबै बचत हुने भएकाले किसानको उक्त यन्त्रप्रति आकर्षण बढ्दै गएको राजविराज नगरपालिका १ ४ पर्साहि निवासी अन्नदी साहले  बताए । “मैले पनि वर्षेनी थ्रेसरको प्रयोग गरेर नै धान झार्दै आएको छु”, उनले भने, थ्रेसर प्रयोग गर्दा धान झार्ने र पराल माड्ने (दाइँ) काम एकै पटक हुन्छ । धान झार्न र गोरु प्रयोग गरेर दाइँ गर्दा दिनभरि लाग्ने काम थ्रेसरले बिहानभरि पनि लगाउँदैन ।”
 महादेवा गाउँपालिका ६ फेकु यादवका अनुसार थ्रेसरले लिने ज्याला भने ठाउँ अनुसार फरक पर्छ । कतै २० टिनामा धान झार्दा एक टिना धान ज्यालास्वरुप लिन्छन्, एक दिनका लागि  ६ सय रुपियाँसम्म ज्याला लिन्छन् ।
 स्थानीय खुसर यादवले आफूले घण्टाको १७ सय रुपियाँका दरले ज्याला दिएर थ्रेसरबाट धान झार्न लगाएको बताए ।
गाउँघरमा कृषि मजदुरकाे  अभाव हुँदै गएको र बढ्दो आधुनिक कृषि प्रविधिको प्रयोगले गोरु देख्न मुस्किल पर्दै गएको उनले वताए ।
उनका अनुसार गँहु खेती गर्न  छिटो र सजिलोका लागि जमिन  जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको स्थानमा हाते ट्याक्टरको प्रयोग बढेको छ । धान झाँट्न र दाइँ गर्न एकैचोटी हुने भएकाले थ्रेसरकै प्रयोग गर्ने किसानको सङ्ख्या बढेको छ ।
राजगढ गाउँपालिका, छिन्नमस्ता गाउँपालिका , रुपनी गाउँपालिका , हनुमाननगर कंकालिनी नगरपालिका , तिरहुत गाउँपालिका, वाेदे वर्साइन नगरपालिका  लगायतका ठाउँका किसानले ट्याक्टर र थ्रेसरको प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख किसुनदेव राउतले बताए ।
 तिलाठी काेइलाडी गाउँ पालिका ६ का देवेन्द्र प्रसाद यादवले  श्रम, पैसा र समयको बचत हुने हुँदा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्दै आएको सुनाए । उनका अनुसार कृषि यन्त्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारले अनुदान दिँदै आएको छ ।
गाउँ घरमा जग्गा अभाव भएका कारण खेतमा धानकाे दाउनी गर्दा धान र परालकाे धूलाहरुवाट सुरक्षा र सुलभ भएकाे स्थानीय किसानहरुले वताउँछन  ।
“धानकाे वाेझ, परालकाे वाेझ घर ल्याउनु पर्दैन । धान खेतमा थ्रेसरवाट धान स्याहार्नै हुदा  परालवाट धूलाे सफा हुने गर्दछ ।  वर्ष भरिमा परिवारमा खानका लागि मात्रै धान घर ल्याउने र वाँकी सम्पूर्ण धान खेतमै व्यापारीलाई विक्री गरिदिने गर्दछन। “
सम्पूर्ण धानवाली एकै ठाउँमा धान स्याहार्ने हुदा  किसमनहरुलाई सुविधा भएकाे एक किसानले  बताए ।
धान व्यापारीहरु खेतमै आएर धानकाे खरिद विक्रीकाे सुविधाले किसानहरूले सुलभ भएकाे छ, उनले भने, वर्ष भरिकाे धान राख्ने  भकारी काेठी एवम्  काेठाकाे अभावका कारण धान खेतमा विक्री हुँदा किसानहरुलाई सजिलाे र सुलभ हुँदै आएको छ।”
वाटाे घाटाेकाे अभाव भएकाे कारण खेतमा टेक्टर जान वाटो अभावकाे  वावजुद पनि धान व्यापारीहरु खेतमै धान खरिद विक्री गर्दा किसानहरुलाई खेती गर्न सुलभ  भएकाे उनले वताए  ।
 धान वाली सकिएपछि गँहु खेती गर्नका लागि मलखाध, बीउ विजन  किन्न व्यापारीसंग धानकाे पैसावाट मलखाध किन्न सजिलाे भएकाे वताए ।
धान काटन र स्याहार्  गर्न एक महिना  समय लाग्ने गर्दथ्याे,  स्थानीय  किसान कैलु यादवले भने, तर एक दिनमै धान स्याहार्ने हुने र खेतमा नै धानकाे  व्यापारी आएर  धान किन्ने हुँदा किसानलाई सजिलाे भएका छन् ।  खेत खाली हुदा अर्को गँहु , तेलहन वाली,दलहन वाली तथा  आलु खेती गर्न छिटो हुने गरेकाे उनले वताए ।