• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दुर संचारका अवकाशप्राप्त प्रमुख साहको विदाइ 

दुर संचारका अवकाशप्राप्त प्रमुख साहको विदाइ 
उत्तम आचार्य
रुपनगर, २१ मंसिर ।
नेपाल टेलिकम दुर संचार कार्यालय कंचनपुरका कार्यालय प्रमुख राजदेव प्रसाद साहलाई विदाइ गरेको छ । कार्यालय परिसरमा बिहिवार आयोजित एक समारोहका विच उनलाई दोसल्ला ओढाएर र फुलमाला लगाएर विदाइ गरिएको हो ।
विदाइ समारोह सहभागी दुर संचार कंचनपुरका कर्मचारीहरु । फोटो : न्यूज टुडे
प्राबिधिक माधव खतिवडाले कार्यालय प्रमुख साहको पालमा ग्राहकहरुले कहिल्यै दुख भोग्नु नपरेको र कर्मचारीलाई समेत काखापाखा नगरी इमानदारीपुर्वक काम गर्ने गरेको बताए ।
कार्यक्रममा बोल्दै अवकाश प्राप्त प्रमुख साहले टेक्नीसियनबाट सेवा सुरु गरि प्राविधिक अधिकृत हुँदै कार्यालय प्रमुखसम्मको जिम्मेवारी सम्हालेको बताए । सुरुमा विराटनगरमा ६ बर्ष, धनकुटामा १ बर्ष,राजविराजमा १ बर्ष ६ महिना, लहानमा १ बर्ष,इटहरीमा ४ बर्ष, कंचनपुरमा ६ बर्ष, गाईघाटमा ३ बर्ष ६ महिना सेवा प्रदान गरेको बताउदै उनले हाल कंचनपुरबाट अबकश पाएको बताए ।
 उनले गाईघाट र कंचनपुरमा कार्यालय प्रमुख भई इमान्दारी पुर्वक काम गरेको र आफ्नो कार्यकालमा कसैले दुख नपाएको बताए ।  २०४३ जेठ ३ गतेबाट टेक्निसियनमा अस्थायी रुपमा सेवामा प्रबेश गरेको साह २०४५ साल फागुनमा स्थायी भएका थिए । साहले २०८० मंसिर १५ गते अवकाश पाएका थिए ।