न्यूज टुडे
राजविराज, २१ मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी राजु कुमार झालाई दिइएको छ ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले बिहिवार नियुक्ति पत्र हस्तान्तरण गर्दै उनलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहको सरुवा भएपछि झालाई जिम्मेवारी दिइएको अध्यक्ष मण्डलले जानकारी दिए । सोही अबसरमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत साहलाई समेत विदाई गरिएको छ ।
झाले पहिला पनि तिलाठी कोइलाडी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरेका थिए । जिम्मेवारी पाएपछि झाले आफुले पालिकाको सेवा प्रवाहलाई जनमैत्री र तिव्र बनाउन प्रयास गर्ने बताए ।
उक्त अवसरमा तिलाठी कोइलाडी गाउँपालिका -१ का वडाध्यक्ष दिनेश्वर मिश्र, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।