• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित 

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित 
न्यूज टुडे
राजविराज, २० मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियामा बुधबार स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरिएको छ ।
२० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका  दिवसको अवसरमा  आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो ।
सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु । फोटो : न्यूज टुडे
वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष कमल मण्डलले उनीहरुलाई प्रमाणपत्र, घडी, दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा दुर्गा देवी मण्डल प्रथम, कमलादेवी मण्डल द्वितीय, अढुलदेवी मण्डललाई तृतीय पुरस्कार प्रदान गरिएको थियो भने सम्पुर्ण स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष मण्डलले बताए । यसैगरी योजना शाखा प्रमुख दिपक कुमार मण्डल, कर्मचारी विजय कुमार मण्डल सेभ द सप्तरीका फिल्ड अफिसर विष्णुकान्त देवलगायतका स्वास्थ्य चौकीका कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेत गम्छा ओढाएर सम्मान गरिएको उनले जानकारी दिए ।