• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कार्यबाहक अध्यक्ष यादवद्वारा पदभार ग्रहण 

कार्यबाहक अध्यक्ष यादवद्वारा पदभार ग्रहण 
न्यूज टुडे
राजविराज, २० मंसिर ।
जसपा निकट समाजवादी युवा संघ सप्तरीका कार्यबाहक अध्यक्ष केदार प्रसाद यादवले पदभार ग्रहण गरेका छन् । जसपा सप्तरीको कार्यालय राजविराजमा बुधबार आयोजित एक कार्यक्रमको विच यादवले पदभार ग्रहण गरेका हुन् ।
बैठकमा सहभागी समाजवादी युवा संघ सप्तरीका पदाधिकारीहरु । फोटो : न्यूज टुडे
जसपा मधेश प्रदेश समिति सदस्य किशोर कुमार यादव, परिषद सदस्य नवनित झा, जिल्ला उपसचिव एवम् युवा विद्यार्थी विभाग प्रमुख शम्भु कुमार यादवले अविर लगाएर पदभार ग्रहण गराए ।
पदभार ग्रहण पछि कार्यबाहक अध्यक्ष यादवको अध्यक्षतामा आयोजित बैठकले ३१ सदस्यीय जिल्ला समिति विस्तार गरेको जनाइएको छ । बैठकबाट जिल्लाको १८ वटै स्थानीय तहहरुमा संगठन विस्तार गर्ने निर्णय भएको अध्यक्ष यादवले जानकारी दिए ।
युवा संघका अध्यक्ष शिवशंकर यादव ( शिवम) संगठन विरुद्ध गतिविधिमा सक्रिय भएको भन्दै उनलाई कारबाही गरि उपाध्यक्ष  केदारलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएको थियो ।