• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा नेपाल कम्युनिस्ट पार्टी विप्लवद्वारा मशाल जूलूस प्रदर्शन 

सप्तरीमा नेपाल कम्युनिस्ट पार्टी विप्लवद्वारा मशाल जूलूस प्रदर्शन 
न्यूज टुडे
राजविराज, १९ मंसिर ।
सप्तरीको खडक नगरपालिका ५ स्थित खरचुहिया बजारमा मंगलबार नेकपा विप्लवका नेताकार्यकर्ताले मशाल जूलूस प्रदर्शन गरेको छ ।
पार्टी अध्यक्ष नेत्र विक्रम चन्द विप्लव र नेता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपा विप्लवका नेताकार्यकर्ता आन्दोलनमा उत्रिएको हो ।
पार्टीका जिल्ला इन्चार्ज रामनाथ सि र सेक्रेटरी होक्कान सिको नेतृत्वमा अध्यक्ष विप्लव र नेता प्रकाण्डमाथि जारी  पक्राउ पुर्जी खारेज गर, नेपाल सरकार र पार्टी विच भएको तीन बुंदे सहमति कार्यान्वयन गर लगायतका विभिन्न नारा लगाउँदै मसाल जूलूस निकालिएको थियो ।
काठमाडौ जिल्ला अदालतले २०७६ पुसको मुद्दा व्यँताउँदै  नेकपा विप्लवका महासचिव विप्लव, नेता प्रकाण्ड, माईला लामा लगायतकालाई पक्राउ गर्न आदेश दिएका छन् ।
तीन बुंदे सहमति विपरीत आदेश जारी भएको विरुद्धमा नेकपा विप्लवले २०८० मंसिर १९ गते देशव्यापी मसाल जूलूस प्रदर्शन, २० गते जिल्ला अदालत काठमाडौका न्यायाधीशको पुतलादहन गर्ने र २१ गते विरोध प्रदर्शन सहित कोणसभा आयोजना गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको जिल्ला सेक्रेटरी होक्कान सिले जानकारी दिए ।