• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

औचित्यहिन गतिविधिमा नलाग्न जसपा प्रदेश समितिको आग्रह 

औचित्यहिन गतिविधिमा नलाग्न जसपा प्रदेश समितिको आग्रह 
न्यूज टुडे
राजविराज, १९ मंसिर ।
जसपा नेपाल सप्तरी र पर्सा जिल्लाको विवादको विषय मधेस प्रदेश बैठक प्रवेश गरेको छ। प्रदेश मुख्यसचिव दिनेश कुमार यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैठकको निर्णय सार्वजनिक हो ।
 जसपा प्रदेश समितिद्वारा जारी विज्ञप्तिमा केही पार्टीको नेताहरुको प्रत्यक्ष उपस्थितमा  सप्तरी र पर्सामा विधान विपरीत समानन्तर समिति गठन गरेकाले त्यस्ता औचित्यहिन हल्ला फिँजाइएका कथित समितिको गतिविधिमा नलाग्न आग्रह गरिएको छ ।
सप्तरीका केदार प्रसाद यादव र पर्साका रामनरेश यादव अध्यक्ष रहेको जसपा जिल्ला समिति बाहेकका अन्य पुर्वाग्राही र विधान विपरीत गठित समितिहरुले कार्यकर्तामा भ्रम छर्ने गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
सप्तरी र पर्सा जिल्लामा गुनासो गर्दै आएका नेताकार्यकर्ताको मनोभावना बुझी विधानको अधिनमा रहि पार्टीको काम कर्तव्य गर्न गराउन आग्रह गर्न तथा विद्यमान समस्याको छ्लफल गर्न मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको संयोजकत्वमा कार्यदल गठन गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले जसपा नेपाल मधेस प्रदेश समितिद्वारा संचालित संगठन विस्तार अभियान २०८० लाई निरन्तर रुपमा सक्रियताको साथ अगाडि बढाउन, सदस्यता नविकरण अभियान, संगठित पार्टी सदस्यता नविकरण तथा अधबधिक गर्न र जिल्लाहरुमा प्रशिक्षण कार्यक्रम संचालन गर्न मातहत समितिलाई परिचालन गर्ने निर्णय गरिएको मुख्यसचिव यादवद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।