पिएम कप महिला राष्ट्रिय क्रिकेट छनाेट प्रतियाेगिता अन्तर्गत जिल्ला स्तरीय छनाेट प्रतियाेगिता तथा त्रिकाेणात्मक सिरिजमा राजबिराज महिला क्रिकेट टिम विजयी भएको छ ।
राजबिराज स्थित पवि माविको खेलमैदानमा सोमबार सम्पन्न उद्घाटन खेलमा खडक कुईनसलाई ८३ रनले पराजित गर्दै राजविराजले पहिलाे जित हात पारेकाे हाे।
प्रतियोगितामा सहभागी खेलाडीहरु । फोन : न्यूज टुडे
सप्तरी क्रिकेट सँघ र सबल नेपालद्वारा संयुक्त आयोजित खेलमा राजबिराज च्यामले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटकाे क्षतिमा १ सय ६० रनकाे याेगफल खडा गरेका थिए।
जसमा साक्षी यादबले उत्कृष्ट ब्याटिंग गर्दै ११ चाैकाकाे मदतले ५९ रन अविजित खेलेका थिईन भने निसम चाैधरीले ३१ रन जोडिन् ।
यता बलिंगतर्फ खडक कुईनसका आरती रामले २ बिकेट लिइन् ।
प्रतियोगितामा खडक कुईनले २० ओभरमा सबै बिकेट गुमाई ७७ रन मात्र बनाउन सके ।जसमा अन्जिली चाैधरीले १२ रन बाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेनन ।
बलिंग तर्फ राजबिराजका दिपा रामले उत्कृष्ट बलिंग गर्दै ४ओभर दुई मेडन ५ रन दिएर ४ बिकेट, साक्षी यादब, सितल चाैधरी, आकृती मण्डलले बराबरी १/ १ बिकेट हात पारिन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका राजबिराज च्यामका साक्षीले प्लेयर अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ।
उक्त प्रतियाेगिताकाे एक कार्यक्रम बिच राजबिराज नगरपालीका कार्यबाहक नगरप्रमुख इसरत परविनले ब्याटिंग र नगरपालिका प्रवक्ता तथा वडा ८ का अध्यक्ष जयनारायण मण्डलले बलिंग तथा वडा ६ का अध्यक्ष शशी चाैधरीले किपिंग गर्दै खेलकाे उद्घाटन गरेका थिए।
यस प्रतियाेगितावाट पुस १ देखि काठमाण्डौमा हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियाेगितामा छनाेटका लागि मंसिर २४ देखि प्रादेशिक महिला क्रिकेट टिममा सहभागिताका लागि सप्तरी जिल्ला महिला क्रिकेट टिम छनाेट गर्ने उदेश्यले प्रतियाेगिताकाे आयाेजना गरिएकाे सप्तरी क्रिकेट सँघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए।
मंगलबारको खेल खडक कुईनस र सुरुङ्गा नगरपालिका बिच बिहान १० बजे देखि हुने सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले जानकारी दिएका छन।