न्यूज टुडे
राजविराज, १८ मंसिर ।
पत्रकार ओम प्रकाश साहको अफसेट प्रेसमा आगलागी भएको छ । राजविराज ७ स्थित मेन राेडमा संचालित नेहा अफसेट प्रेसमा सोमबार विहान आगलागी भएको हो ।
आगलागीमा दस लाख बराबरकाे क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
विहान साढे १० बजेतिर विधुत सर्ट भई अचानक आगलागी भएकाे प्रेसका अपरेटर राजेश चाैधरीले बताए ।
आगलागीबाट कार्यालयमा रहेका कम्प्युटर, A4 कलर प्रिन्टर ,A3 प्रिन्टर, इन्भटर व्याट्री, 5Kv स्टेप्लाइजर, फर्निचर, कगजपत्रहरु लगायतका विभिन्न महत्वपूर्ण औजारहरु जल्दा दस लाख बराबरकाे क्षति भएकाे चाैधरीले जानकारी दिए।
आगाे राजविराजबाट आएको वारूण यन्त्रले नियन्त्रणमा लिएकाे तथा क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।