• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकाको गाउँसभा विवादमा,  पुन: आह्वान गर्न बहुमत सदस्यको माग 

रुपनी गाउँपालिकाको गाउँसभा विवादमा,  पुन: आह्वान गर्न बहुमत सदस्यको माग 
न्यूज टुडे
राजविराज, १७ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिकाको गाउँसभामा विवाद उत्पन्न भएको छ ।
चारजना वडा अध्यक्षसहित बहुमत गाउँसभा सदस्यले गाउँसभा आव्हानको माग गर्दै आइतबार गाउँपालिकामा निवेदन दर्ता गरेपछि विवाद बाहिरिएको हो ।
पत्रमा गणपुरक संख्या विनै ऎन ,कानुनलाई मिचेर गाउँसभा गरेको आरोप लगाउदै पुन: गाउँसभा आव्हान गर्न आग्रह गरिएको छ ।
 कुल ३३ जना कार्यपालिका तथा गाउँसभा सदस्य भएको पालिकामा ९/१० जनाको उपस्थितिमा मंसिर १५ गते गाउँसभा गरेको कुरा सामाजिक संजालमा सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको उनिहरुले बुझाएको पत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव र उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले मनोमानी ढंगले विधि प्रक्रिया नै नपुर्‍याई गाउँसभा गरेकोले पुन: गाउँसभा आव्हान गर्न उनीहरुले बुझाएको पत्रमा भनिएको छ ।
पत्रसंगै २१ जना गाउँसभा सदस्यले हस्ताक्षर समेत बुझाएका छ्न ।
पत्रमा वडा नम्बर ३ का वडा अध्यक्ष अमर मुखिया, ६ का अध्यक्ष बद्री नारायण सरदार, ५ का अध्यक्ष गंगाराम यादव, ४ का अध्यक्ष छेदी इसर, गाउँसभा सदस्यहरु गुन्जेश्वर सन्त, चतुरनान्द साह, फुलोदेवी मण्डल, संक्रादेवी मण्डल, प्रमेश्वरी मोची, हिरालाल सदा, गुलावदेवी साफी, दानावती देवी साह, राजेन्द्र प्रसाद चौधरी, भरत कुमार दास, भुटकी देवि खंग,पुनम कुमारी रजक, सुर्यनारायण मेहता, राम कुमारी सदा, सरस्वती देवि चौधरी, श्यामसुन्दर यादव र नविना खवास रहेका छ्न ।
गाउँपालिका अध्यक्ष यादवले गाउँसभा विधि र प्रक्रिया सम्वत भएको दावी गरे । गाउँसभामा बहुमत ,अल्पमत भन्ने कुरा नहुने जिकिर गर्दै उनले सरकार प्रमुखले गाउँसभा गर्न सक्ने प्रावधान अनुसार गाउँसभा सम्पन्न गरेको बताए ।