न्यूज टुडे
राजविराज, १७ मंसिर ।
धर्मिहल्फा महिला विकास क्लब सप्तरीले अपाङ्गता भएका ४ जनालाई सहयोग गरेको छ ।
३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राजविराजमा आइतबार आयोजित एक कार्यक्रमको विच उनीहरुलाई सहयोग गरिएको हो ।
संस्थाका अध्यक्ष समाजसेवी इन्जिनियर सुर्य नारायण यादवले राजविराज नगरपालिका ९ का नुनु सरदार, ८ का मणिलाल यादवसहित गरि ४ जनालाई उक्त सहयोग गरेका हुन् ।
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा उनीहरुलाई न्यानो लुगा, भाडाकुडा, तन्ना, झुल, म्याट लगायतका सामग्री सहयोग गरेको इन्जिनियर यादवले जानकारी दिए ।