न्यूज टुडे
राजविराज, १७ मंसिर ।
अपाङ्ग संघ सप्तरीले पत्रकार बृजमान तामाङसहित विभिन्न सहयोगी सरकारी तथा गैरसरकारी संस्थालाई सम्मान गरेको छ ।
३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सप्तरी अपाङ्ग संघ सप्तरीद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा आइतबार आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान पत्र र खदा ओढाएर सम्मान गरेको हो ।

सम्मानित हुनेमा न्यूज टुडेका कार्यकारी सम्पादक समेत रहेका पत्रकार बृजमान तामाङ, खडक नगरपालिका, एसएनभी नेपाल, सवल नेपाल, श्रीपुर्राज सामुदायिक केन्द्र रहेका छन् ।
अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख जयप्रकाश चौधरी र विशिष्ट अतिथि उपप्रमुख रिता कुमारी चौधरीले पत्रकार तामाङसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान- पत्र र खदा ओढाएर सम्मान गरेका थिए ।
अपाङ्गता भएका व्यक्तिहरुको उत्थानका लागि आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याएकोले उनीहरुलाई सम्मान गरिएको अपाङ्ग संघ सप्तरीका अध्यक्ष चौधरीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले अवसर
पाए अपाङ्गता भएका व्यक्तिहरु सबै क्षेत्रमा सफलतापुर्वक काम गर्न सक्षम रहेको बताए ।
अपाङ्गता भएको व्यक्तिहरुका लागि नगरपालिका सहयोग गर्न प्रतिवध्द रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने ठोस कार्यक्रम ल्याउन आग्रह गरे ।

उपप्रमुख रिता कुमारी चौधरीले अपाङ्गता भएको व्यक्तिहरुको उत्थानका लागि आफुले सहयोग गर्दै आएको बताइन् ।
अपाङ्गता भएको विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यले अपाङ्ग विद्यालयको स्वयंसेवकको तलव वृद्धि गरेको उनले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य समेत रहेका सम्मानित पत्रकार बृजमान तामाङ, खडक नगरपालिकाकी महिला शाखा प्रमुख अनिता कुमारी साह, श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका टिम लिडर विनोदानन्द चौधरी, एसएनभी नेपालका फोकल पर्सन परमेश्वर झा, स्वास्थ्यकर्मी जीव नारायण चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साहित्यकार सागरवीर कडारीद्वारा संचालित कार्यक्रममा स्वागत अपाङ्ग संघ सप्तरीका उपाध्यक्ष मो. मिस्टरले गरे ।