• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्री सहयोग

अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्री सहयोग
न्यूज टुडे
राजविराज, १७ मंसिर ।
सप्तरीको खडक नगरपालिकामा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आइतबार अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ ।
खडक नगरपालिका, सबल नेपाल,एसएनभी नेपाल, श्रीपुर्राज सामुदायिक केन्द्रको सहयोगमा अपाङ्ग संघ सप्तरीले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विल चेयर, व्ल्याङ्केट,  झोला तथा स्टेशनरी सहयोग गरेको हो ।
ह्विल चेयर हस्तान्तरण गर्दै उपप्रमुख रिता कुमारी चौधरी । फोटो: न्यूज टुडे
अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, विशिष्ट अतिथि उपप्रमुख रिता कुमारी चौधरी, महिला शाखा प्रमुख अनिता कुमारी साह, नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, एसएनभी नेपालका फोकल पर्सन परमेश्वर झा, श्रीपुर्राज सामुदायिक केन्द्रका टिम लिडर विनोदानन्द चौधरी, सबल नेपालकी अर्चना यादवलगायतले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
ब्ल्याङ्केट वितरण गर्दै उपप्रमुख चौधरी । फोटो: न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले अवसर पाए अपाङ्गता भएका व्यक्तिहरु सबै क्षेत्रमा सफलतापुर्वक काम गर्न सक्षम रहेको बताए ।
अपाङ्गता भएको व्यक्तिहरुका लागि नगरपालिका सहयोग गर्न प्रतिवध्द रहेको उल्लेख गर्दै नगरप्रमुख चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग पुग्ने ठोस कार्यक्रम ल्याउन आग्रह गरे ।
उपप्रमुख रिता कुमारी चौधरीले अपाङ्गता भएको व्यक्तिहरुको उत्थानका लागि आफुले सहयोग गर्दै आएको बताइन् ।
झोला तथा स्टेशनरी वितरण गर्दै सबल नेपालकी प्रतिनिधि अर्चना यादव । फोटो: न्यूज टुडे
अपाङ्गता भएको विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस भन्ने उदेश्यले अपाङ्ग विद्यालयको स्वयंसेवकको तलव वृद्धि गरेको  उनले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङ, खडक नगरपालिकाकी महिला शाखा प्रमुख अनिता कुमारी साह, श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीका टिम लिडर विनोदानन्द चौधरी, एसएनभी नेपालका फोकल पर्सन परमेश्वर झा, स्वास्थ्यकर्मी जीव नारायण चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साहित्यकार सागरवीर  कडारीद्वारा संचालित कार्यक्रममा स्वागत अपाङ्ग संघ सप्तरीका उपाध्यक्ष मो. मिस्टरले गरे ।