• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

समाजवादी युवा संघ सप्तरीको कार्यबाहक अध्यक्षको जिम्मेवारी केदारलाई 

समाजवादी युवा संघ सप्तरीको कार्यबाहक अध्यक्षको जिम्मेवारी केदारलाई 
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
समाजवादी युवा संघ सप्तरीको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष केदार प्रसाद यादवलाई तोकिएको छ ।
जसपा सप्तरीका सचिब हरेराम यादवले उपाध्यक्ष यादवलाई पत्रचार गर्दै कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेको हो ।
समाजवादी युवा संघका अध्यक्ष शिवशंकर यादव ( शिवम) पार्टी आचरण विपरीत गुटबन्दीमा लागी पार्टीलाई कम्जोर पार्ने खेलमा लागेकाले अध्यक्षबाट हटाइएको सचिब यादवले लेखेको पत्रमा उल्लेख छ ।
तपाई केदार प्रसाद यादवलाई समाजवादी युवा संघ सप्तरीको कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकिएकोले पार्टीको विधानको अधिनमा रहि संगठनको काममा लाग्न पत्रमा भनिएको छ ।
पत्रमा कार्यकाल सफलताको शुभकामना दिदै पार्टीको संगठन निर्माण कार्यमा योगदान हुने विश्वास समेत व्यक्त गरिएको छ ।