• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

“बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै” 

“बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै” 
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
बालिकाहरु घरभित्रै बालश्रमको शिकार हुने गरेको  राजविराज नगरपालिका वडा नम्बर १ मा शनिबार आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले बताएका छन् ।
लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियान अन्तर्गत आठौं दिन परिकल्पना नेपाल सप्तरीद्वारा बालिकाहरूसंग बालश्रमको विषयमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
बालबालिकासंग अन्तरक्रिया गर्दै विभिन्न संस्था आवद्ध प्रतिनिधिहरु ।फोटो : न्यूज टुडे
कार्यक्रममा सहभागी बालिकाहरूले बालक भन्दा बढी बालिकाहरू घरभित्रै बालश्रमको सिकार हुँदै आएको बताए।
उनीहरूले केहि बालकहरू घर बाहिर बालश्रम गरेको देखिएपनि खासगरि ग्रामीण भेगका बालिकाहरू घरभित्र देखि बाहिरको काममा जोतिएर बालश्रमको सिकार हुनुपर्ने बाध्यता रहेको धारणा ब्यक्त गरे ।
काममा लगाएर बिद्यालयबाट वन्चित गर्नु,शारीरिक,मांसिक,सामाजिक रूपमा बालबालिका पीडित र प्रताडित भएर बालश्रमको सिकार भएको कयौं  उदाहरण भएपनि अहिले पनि परिवार र समाज यस विषयमा गम्भीर नभएको उनीहरूको तर्क थियोे ।
कार्यक्रममा बालश्रमको विषयमा कार्यक्रमका
प्रमुख अतिथि प्रहरी निरिक्षक हृदय यादव सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र दास ,परिकल्पना नेपाल सप्तरीका अध्यक्ष सुधा देव, आसमान नेपालका शान्ता सिंह लगायतले  बालश्रम भनेको के हो? नेपालमा ,बालश्रमबाट पर्दै आएको असर,बालश्रमलाई न्यूनीकरणका लागि गर्नुपर्ने पहल लगायत बिषयमा बृहत् रूपमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका रमानन्द देव,नेत्र दास,परिकल्पना नेपालका उपाध्यक्ष सुनिता कुमारी परियार ,सह सचिव पिंकी मण्डल,कोषाध्यक्ष डोली कुमारी सिंह,सदस्य सवाना प्रविण,लक्ष्मी चौधरी तथा संस्थासंग आबद्ध व्यक्तिहरूको सहभागीता रहेको थियो । कार्यक्रममा ५० जना बालिकाहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुधा देवको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन सहसचिव पिंकी मण्डलले गरेकी थिईन्।
” लैंगिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र  बालबालिकामा लगानीको एक्यवद्धता ” नाराका साथ यस वर्ष सप्तरी सहित विश्वभर सरकारी तथा गैरसरकारी संस्थाहरूले यो अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरि मनाइरहेका छन् ।