• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

ट्र्कले ठक्कर दिँदा मोटरसाइकल चालक हारुनको मृत्यु

ट्र्कले ठक्कर दिँदा मोटरसाइकल चालक हारुनको मृत्यु
न्यूज टुडे
राजबिराज, १६ मंसिर ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका -४ स्थित कदमाहामा शनिबार ट्र्कले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ३५ वर्षीय मो. हारुनको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते अवस्थामा रहेका मो.हारुन । फोटो: न्यूज टुडे
पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको म.प्र.०१-००१ ख ०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका घाईते हारुनको उद्वारमा जुट्दै स्थानीयबासीहरु । फोटो:न्यूज टुडे
मृतक हारुनको शव परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको तथा ट्र्क र चालकलाई नियन्त्रणमा लिइ आबश्यक अनुसन्धान अगाडि बढाइएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
दुर्घटना पश्चात् आक्रोसित स्थानीयबासी र आफन्तले केहिबेर पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए