• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

माध्यमिक विद्यालय विसहरियामा दिवा खाजा बन्द

माध्यमिक विद्यालय विसहरियामा दिवा खाजा बन्द
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
सप्तरीको राजविराज  नगरपालिका  १३ स्थित महावीर माध्यमिक विद्यालय विसहरियामा वालवालिकाहरुलाई खुवाउँदै आएको दिवाखाजा बन्द भएको छ । दिवाखाजा खुवाउने जिम्मेवारी पाएका शिक्षकहारुको कम्जोर व्यवस्थापनले एक महिनादेखि बालबालिकाहरु दिवाखाजाबाट बन्चित हुनुपरेको हो ।
मावि विसहरियाका छात्रछात्राहरु ।फोटो : न्यूज टुडे
विद्यालयका प्रधानाध्यापक दिलिप यादवले व्यवस्थापकहरुको लापरबाहीले दिवा खाजाबाट बालबालिकाहरु बन्चित भएको बताए । आफूसंग आर्थिक कारोबारको जिम्मेवारी नरहेकोले विद्यालयमा दिनप्रतिदिन यस्तै समस्या आउने गरेको उनको भनाइ छ ।
“आर्थिक कारोबारमा मलाई कुनै अधिकार नै नदिएकाले मसंग कुनै समन्वय गरिदैन, उनले भने,  खाता पनि आफ्नो नाममा छैन, विद्यालयकाे खाता शिक्षक मनिन्द्र प्रसाद साह र कपिलदेव यादवकाे नाउँमा संचालनमा रहेकाे छ । “
विद्यालयमा वालवालिकाहरुकाे लागि सरकारले १ सय ८० दिनका खाजा भत्ता दिदै आएकाे बताउँदै प्रधानाध्यापक यादवले खाजा समितिमा कपिलदेव यादव र जनार्दन साह दुई जना सरहरुकाे जिम्मेवारी रहेको जानकारी दिए । उनले किन खाजा खुवाउँदैन उनीहरुसंग नै साेध्नु पर्ने बताए ।
 कपिलदेव यादव र जनार्दन साहले विद्यार्थीहरुकाे उपस्थित कम भएकाले खाजा बन्द गरिएको स्वीकार गर्दै अवदेखि दिवाखाजा सुचारु गर्ने वताए ।
खाजा समिति कपिलदेव यादवले विद्यालयमा कक्षा १ देखि १० कक्षा सम्मका सम्पूर्ण वालवालिकाहरुलाई खाजा खुवाउँने गरेको जानकारी दिए ।
राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भाेगेन्द्र प्रसाद यादवले नियमित दिवाखाजा बापतको बजेट पठाउने गरेको बताए । “निरीक्षण पुस्तिकामा एक महिना देखि दिवाखाजा बन्द भएको हाे भने  लेखी फाेटाे खिचेर राखिए दिए राम्रो हुन्थ्यो, उनले भने, अनि खाजा भत्ता काटेर पठाउँने छाै ।”
कक्षा ७ का विवेक यादव ,वैजु यादव, कक्षा ५ का शिवम यादव, ६ कक्षा रुपेश कुमार साह र कक्षा ८ का सुप्रिता कुमारी साहले एक महिना देखि दिवाखाजा बन्द रहेकाे जानकारी दिए ।
विवादका कारण विद्यालय र शिक्षाकाे अवस्था दिनप्रतिदिन खस्किँदै गरएकाे  स्थानीयहरु बताउँछन् ।