• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनी गाउँपालिकाको बजेट ५४ करोड 
नर्मदेव यादव
राजविराज, १५ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका विच गाउँसभा सम्पन्न भएको हो ।
रुपनी गाउँपालिकाको तेश्रो गाउँसभामा मन्चासिन प्रमुख अतिथिसहित अतिथि गणहरु । फोटो : न्यूज टुडे
सभामा गाउँपालिका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले अर्थिक बर्ष २०८०/०८१ को लागि प्रस्तावित ५४ करोड ४१ लाख १७ हजार २ सय २ रुपैयाको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिन ।
कार्यक्रममा प्रमुख अतिथि उपसभापति यादव, वडा नम्बर १ की अध्यक्ष  लिला यादव, वडा नम्बर २ का अध्यक्ष सरोज कुमार यादव, गाउँसभा सदस्य तेज नारायण चौधरी, स्वास्थ्य शाखा सह संयोजक शोभा कुमारी साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन स्वास्थ्यकर्मी राज नारायण यादवले गरेका थिए ।
गाउँसभामा सहभागी कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरु । फोटो: न्यूज टुडे
बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइएको अध्यक्ष यादवले जानकारी दिए ।
रुपनी गाउँपालिकाको गाउँसभा नहुँदा कर्मचारीले तलव खान नपाउनुकोसाथै जेष्ठ नागरिक, अपांग, बालबालिकालगायतका सामाजिक सुरक्षाभत्ता लाभग्राहीहरु सुविधाबाट बन्चित भएका थिए ।